सिकार खेल्ने क्रममा भाइले चलाएको बन्दुकको गोली लागेर दाइको ज्यान गयाे

 माघ २८, २०७७ बुधबार १९:४२:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर दाङको देउखुरीमा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मङ्गलवार दिउँसो गढवा गाउँपालिका २ चिमचिमेकाे तिरतिरे जङ्गलमा सिकार खेल्न गएका दुई जनामध्ये एक जनाको बन्दुकको गोली लागेर ३९ वर्षीय इन्द्रबहादुर रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।

दाजु इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए । सिकार खेल्ने क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको ज्यान गएको  हाे । जङ्गलमा दाजु–भाइ सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको खुल्न आएको भट्टले भन्नुभयाे ।

घटनामा संलग्नलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया