हिमपातपछि घर बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन गाउँपालिकाको पत्र

 फागुन २, २०७७ आइतबार १९:३:२५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट  – हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको माथिल्लो भेगमा कार्यरत कर्मचारीलाई दिन दिनभित्र कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको छ ।

भारी हिमपातपछि घर बिदामा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । फागुनदेखि यहाँका विद्यालयमा पठनपाठन सुरु हुने भएकाले गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई हाजिर हुन गाउँपालिकाले पत्राचार गरेको हो ।

यहाँका स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षकलगायतका कर्मचारीहरू जाडो छल्न तराई झर्ने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया