२४ घण्टामा १२२ जनामा काेराेना सङ्क्रमण

 फागुन ३, २०७७ सोमबार १७:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ ।

यस्तै थप एक सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार दुई सय चार पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ८१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा एक जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया