१३० राष्ट्रले अझै पाएनन् खाेप, असमान वितरणप्रति राष्ट्र सङ्घको असन्तुष्टि

 फागुन ६, २०७७ बिहिबार ८:२७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाविरुद्धको खोपको वितरणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले कोरोनाविरुद्धको खोप वितरणमा असमानता बढेको भन्दै आलोचना गर्नु भएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै तीखो आलोचना गर्नुभयो । 

कोरोनाको महामारीका कारण विश्व नै आक्रान्त बनेको यो अवस्थामा खोप वितरणमा समानता नहुनु दुःख लाग्दाे कुरा भएको उहाँको भनाइ छ । उहाँले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक, खोप उत्पादक कम्पनीलाई खोप वितरणको योजना एकसाथ बनाउन आह्वान पनि गर्नु भएको छ । 

कोरोनाविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन यो निकै आवश्यक भएको पनि गुट्रेसको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया