बहराइन जान नयाँ नियम, पुगेपछि थप दुई पटक पीसीआर अनिवार्य

 फागुन ७, २०७७ शुक्रबार १३:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ बहराइन यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पीसीआर परीक्षण अनिवार्य गर्नुहोस् ।

बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई पटक पीसीआर अनिवार्य गरेको छ । यही फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुई पटक पीसीआर अनिवार्य गरिएको हो ।

यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुन ः पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

यस्तै बहराइन पुगेपछि BeAware नामक डिजिटल एप पनि डाउनलोड गर्न पर्नेछ भने विमानस्थलमा गरेको पीसीआरको रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेट भएर बस्नपर्छ । परीक्षणमा यदि कोरोना पोजेटिभ देखिएमा बहराइनकै स्वास्थ्य मन्त्रालयले तपाईँलाई सम्पर्क गर्नेछ ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया