२४ घण्टामा ९७ जनामा काेराेना सङ्क्रमण, ११४ जना डिस्चार्ज

 फागुन ७, २०७७ शुक्रबार १६:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक सय १४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक हजार पाँच सय ८३ जना सक्रिय सङ्क्रमित छन् । 

पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६१ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया