साेलुखुम्बुकाे महाकुलुङमा नेपाल टेलिकमको फोरजी सेवा

 फागुन ८, २०७७ शनिबार १०:२६:१६ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - साेलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेकाे छ । नेपाल टेलिकमले गुदेलमा फोरजी टावर सञ्चालन गरेसँगै शुक्रवारबाट दुर्गम क्षेत्र मानिएकाे महाकुलुङ फोरजीकाे पहुँचमा पुगेको हो । 

यसअघि टेलिफोन नेटवर्कले समेत राम्ररी काम नगर्दा स्थानीयवासी सञ्चार पहुँचबाट टाढा हुनुपरेको थियो । सञ्चार माध्यम, गाउँपालिका र स्थानीयवासीकाे आग्रहपछि फाेरजी सेवाकाे विस्तार गरिएकाे नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । 

इन्टरनेटको फोरजी पहुँचमा पुगेसँगै पालिकावासीमा खुसी भएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर महाकुलुङ क्षेत्रमा फोरजी सेवा सुरु गरिएकाे भए पनि औपचारिक उद्घाटन हुन बाँकी रहेको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयाे । 

यसका साथै छेस्कामको टावरमा साेलार ब्याकपकाे व्यवस्थापन गर्ने याेजना रहेकाले महाकुलुङवासी सहजै सञ्चार सेवाकाे पहुँचमा पुग्ने हुने नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीका प्रमुख मोहमद अकबर अलीले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया