जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे ज्यान गयाे

 फागुन १०, २०७७ सोमबार १६:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको जावलाखेल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । 

साेमवार दिउँसो बसले जावलाखेल चोकमा स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा अल्का अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ज्यान गुमाउने उदयपुरकाे कटारीकी २३ वर्षीया सिर्जना राई रहेकाे परिसरका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । 

बा २ ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बस चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक महर्जनले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया