घुस लिन नमान्ने १८ ट्राफिक प्रहरी सम्मानित

 फागुन १६, २०७७ आइतबार १७:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाको दाबी छ ।

महाशाखाले यसै आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया