परिवर्तन उल्टाउन मविरुद्ध घेराबन्दी गर्ने षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

 फागुन २८, २०७७ शुक्रबार १५:१२:१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

बुटवलमा भइरहेको राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले प्राप्त परिवर्तनलाई उल्टाउन परिवर्तनका लागि सङ्घर्ष गर्ने नेताहरूको बदनाम गर्ने र घेराबन्दी गर्ने काम भइरहेको दाबी गर्नुभयो ।

१२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूमाथि नै भइरहेको महसुस गरेको उहाँले बताउनुभयो ।

राजनीतिमा धेरै अस्वाभाविक घटना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले अझै के–के अस्वाभाविक घटना देख्नुपर्ने हो भन्ने चिन्ता रहेको बताउनुभयो । जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नुपरेको उहाँको भनाइ छ । तर पनि विद्रोह गर्ने वा हिंसामा जाने नभइ शान्तिपूर्ण सङ्घर्ष गर्ने उहाँले प्रष्ट पार्नुभयो । 

‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ’, उहाँले भन्नुभयाे । 

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गर्नुभयो । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन’, उहाँले भन्नुभयो, ‘त्यसैले अब फेरि प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया