विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घट्यो

 चैत १, २०७७ आइतबार १३:५३:६ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीहरूमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो । 

यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन । 

अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३  हजार ३ सय ७ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सङ्क्रमितमध्ये ६१ हजार २ सय ३७ जना कोरोना निको भइसकेका छन् ।

गएको साता स्विडेन, स्पेन, केन्या, यूएईमा रहेका केही नेपालीमा सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया