सात वटा रेड पाण्डाकाे छालासहित तीन जना पक्राउ

 चैत ११, २०७७ बुधबार १३:२४:२१ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीन जना पक्राउ परेका छन् । सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका २ का ७६ वर्षीय बृद्ध जगत बहादुर राई, त्यही गाउँपालिका ३ का ५६ वर्षीय कविर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ पक्राउ परेका उनीहरूलाई बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो  ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र गैरकानुनी रूपमा वन्यजन्तुको चोरी सिकार गरी मार्ने, आखेटोपहार लुकाइ–छिपाइ राखी खरिद/बिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो । घटनाकाे अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने उहाँको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार उनीहरूलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया