आउँदाे शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने

 चैत १२, २०७७ बिहिबार १९:१७:६ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ – आउँदाे शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ काभ्रे भिर र कैकु खोलामा बिग्रिएको सडक मर्मत गर्नुपर्ने भएकाले आउँदाे शनिबारदेखि १७ गते मङ्गलबारसम्म कुनै पनि गाडी नचल्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।

यस सडकखण्डको अन्य विकल्प नभएकाले यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा पर्ने भएका छन् । यो सडक खण्डमा बेलाबेला पहिरो जाने गरेको छ ।

कोरोना भाइरसका कारण लामो समयसम्म पूर्णरूपमा बन्द भएर सामान्य अवस्थातर्फ फर्किएको मुस्ताङको पर्यटन व्यवसायलाई अहिलेको सडक बन्दको कार्यले केही असर देखिने भएको छ । सडक यातायात बन्द भए पनि पोखरा–जोमसोम हवाई यात्रामार्फत भने मुस्ताङ जान सकिन्छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया