एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक

 चैत १३, २०७७ शुक्रबार ९:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दैछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

माधवकुमार नेपाल समूहले पनि छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ । ओलीले संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाउनुभएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, माधव नेपाल समूहले बिहान ११ बजे कलङ्कीमा रहेको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया