प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

 चैत २१, २०७७ शनिबार ७:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

यसअघि पार्टीभित्र सरकारमा जाने कि नजाने भन्ने दुई धार देखिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएको झण्डै साढे १ महिनापछि नेपाली कांग्रेसले सरकार गठनबारे निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेपालको राजनीतिक घटनाक्रम फरक बाटोमा मोडिएको थियो । 

गएको फागुन ११ गते सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिए पनि राजनीतिक दलहरुले नयाँ सरकार गठन गर्न भने सकिरहेका छैनन् । कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको बाटो खोलेको छ ।

सर्वोच्च अदालतले नेकपाको एकता भङ्ग गरेपछि प्रचण्डले दुई पटक देउवालाई सत्ता–गठबन्धनको प्रस्ताव गरेको भए पनि अहिलेसम्म कांग्रेसले ठोस निर्णय गर्न सकिरहेको थिएन ।  माओवादी केन्द्रले संसद् पुनःस्थापना भएलगत्तै ओलीको विकल्पमा कांग्रेस नेतृत्वको सरकार प्रस्ताव गर्दै आएको थियो ।

कांग्रेसको पछिल्लो निर्णयले संसद्को चौथो शक्ति जसपालाई पनि ओलीकै निरन्तरता वा नयाँ गठबन्धन भन्नेबारे ठोस निर्णय लिनुपर्ने दबाब बढेको छ । यसअघि कांग्रेस, माओवादी र जसपाका नेताहरुबीच सरकार गठनबारे विभिन्न चरणमा छलफल भए पनि छलफलले सार्थकता पाउन सकिरहेको थिएन ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया