बोकाको नाम ‘सलमान खान’, मूल्य : पाँच लाख रुपैयाँ

 भदौ ५, २०७५ मंगलबार १७:४०:४४ | एजेन्सी
unn.prixa.net

बलिउडमा डेब्यू भएदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहने कलाकारमा पर्छन् सलमान खान । 

कहिले हिट एण्ड रन,  कहिले कृष्णसारको शिकारजस्ता काण्डहरुका कारण चर्चामा आउँछन् त कहिले आफ्ना फिल्महरुको व्यावसायिक सफलताका कारण मिडियामा छाइरहन्छन् । दर्शकहरुकाबीच अत्यन्त लोकप्रिय सलमानको बलिउडमा एकातर्फ सबैभन्दा ठूलो फ्यान फलोइङ छ भने अर्कोतर्फ उनको नाम बेचेर व्यापार गर्नेहरुको कमीसमेत छैन । 

उत्तर प्रदेशको गोरखपुरमा आजभोलि एउटा बोका निकै चर्चामा रहेको छ । खासमा उसको मालिकले उसको नाम सलमान खान राखेपछि त्यो बोकाले चर्चा कमाइरहेको हो । 

यही अगस्ट २३ गते मुसलमान समुदायको महान चाड इद अल अधा रहेको छ र त्यो बोका इदका लागि बिक्रीमा रहेको छ । जसको मूल्य त्यसका मालिकले पाँच लाख राखेका छन् । सलमानलाई निकै मेहनत लाएर पालिएकाले त्यसको मूल्य महँगो भएको मालिकले बताएका छन ।

इद आउन अब मात्र २ दिन बाँकी रहँदा सलमानका मालिकले भनेअनुसारको मूल्य भने पाउनेछन् छैनन् हेर्न बाँकी छ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया