भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

 चैत २६, २०७७ बिहिबार ६:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।

गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा गएको २४ घण्टामा  ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शय्या थप गरिएको बताउनु भएको छ । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ ।

परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया