सुदूरपश्चिममा भारतबाट फर्किएकामा गरिएको परीक्षणमा झण्डै १० प्रतिशतलाई कोरोना पुष्टि

 चैत २९, २०७७ आइतबार १४:४२:३२ | रासस
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर – सुदूरपश्चिममा भारतबाट फर्किएर परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट घर फर्किएकाहरूमध्ये तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो कुल परीक्षणको झण्डै १० प्रतिशत रहेको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिनुभयो ।

जनशक्ति र अरू व्यवस्थापकीय अभावका कारण सबैको परीक्षण सम्भव नभएको पनि उहाँले बताउनुभयो । दैनिक पाँच सयभन्दा धेरै मानिस फर्कने गरेकोले उनीहरू सबैको परीक्षण सम्भव नहुने र परीक्षण गराएकामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिने गरेको साउदले बताउनुभयो ।

उहाँले भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण विनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था फेरि आएको बताउनुभयो । अहिले भारतमा सङ्क्रमण दर बढी देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।

भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका बासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।  

सुदूरपश्चिमसँगै देशका अरू नाकाबाट फर्कनेहरूमा पनि काेराेना सङ्क्रमण पुष्टि हुने क्रम बढेको छ । शनिवार (हिजो) देशभरिकै कुल परीक्षणमा पनि झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारी जटिल अवस्थामा पुगेको मानिन्छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया