हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी खसालेपछि निभ्याे शिवपुरी–नागार्जुनकाे आगाे

 चैत २९, २०७७ आइतबार १७:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतवार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी बोकेर खन्याएको थियो । सिम्रिक एअरकाे हेलिकप्टरले मेलम्ची खानेपानी आयाेजनाकाे पानीकाे सहयाेगमा आगाे निभाएकाे हाे ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा आएको पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

डढेलोबाट केही वन क्षेत्रमा क्षति पुगे पनि मानवीय र भौतिक संरचनामा भने क्षति हुन नपाएको निकुञ्जले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०७८

तपाईको प्रतिक्रिया