भारत : एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव

 चैत ३०, २०७७ सोमबार ११:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो ।

भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक लाख ७० हजार एक सय ७९ पुगेको छ । भारतमा कोरोनाको खतरनाक दोस्रो लहर फैलिइरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

अहिले १२ लाख जना सक्रिय सङ्क्रमित रहेका र उनीहरुको उपचारको लागि आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको पनि सरकारी अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया