नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अङ्क नाघ्यो

 चैत ३१, २०७७ मंगलबार १६:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार नयाँ कीर्तिमान बनाउँदै २०७७ साललाई सुखद बिदाई गरेकाे छ । नेप्से २३ दशमलव २३ अङ्कले बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४ दशमलव ७९ अङ्कमा पुगेको छ ।

यसअघि सोमवार (हिजो) १७ दशमलव २० अङ्कले बढेर नेप्से २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको थियो ।  

मङ्गलवार बैंकिङ समूहको शेयर ४२ दशमलव ३६ अङ्कले, व्यापार समूहको शेयर ६९ दशमलव २९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१ दशमलव ६९ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय नौ कम्पनीका एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख रुपियाँमा कारोबार भए । सबैभन्दा धेरै २८ करोड रुपियाँको शेयर किनबेच भएको छ ।

मङ्गलवार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया