‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

 बैशाख ५, २०७८ आइतबार १०:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ ।

संसद सचिवालयले आइतवार सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको हो । यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि थापाले एमाले रोज्नुभएको थियो । 

थापाको सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्न उहाँले संविधानअनुसार सपथ लिनुपर्छ । यसअघि माओवादी केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया