वडाध्यक्षले धमाधम रसिद नै नकाटी महेन्द्र पार्कमा पैसा असुले

 भदौ ६, २०७५ बुधबार १९:०:५८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – मुस्लिम समुदायको महान पर्व बकर ईदको अवसर पारेर नेपालगञ्जस्थित महेन्द्र पार्कमा बुधबार सर्वसाधारणको बाक्लो भिडभाड भयो ।

सार्वजनिक बिदा भएका कारण अन्य समुदायका मानिस समेत पार्क घुम्न उपस्थित भएका थिए । तर महेन्द्र पार्कमा खटिएका कर्मचारीले एक जनाको पनि टिकट काटेका छैनन् । 

बुधबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ताले बिना रसिद पार्कमा प्रवेश गर्नेहरुबाट रकम संकलन गरेका छन् । वडा अध्यक्ष गुप्ताले स्थानीय सुरेन्द्र पण्डा जोशीलाई शुक्रबार बिहानैदेखि पार्कमा प्रवेश गर्नेसँग रकम संकलनका लागि खटाएका हुन् । साँझतिर वडा अध्यक्ष गुप्ता आफै आएर पैसा गनेर फर्केको प्रत्यक्षदर्शीले बताएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र वडा अध्यक्ष गुप्ताको मिलेमतोमा अवैधरुपमा बिना रसिद रकम संकलन भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । राणा र बैश्य स्थानीय तहको चुनावमा राप्रपाबाट विजयी हुन् । महेन्द्र पार्क प्रवेशका लागि १० रुपैयाँको टिकटको व्यवस्था भएपनि बुधबार वडा अध्यक्ष गुप्ताको आदेशमा मूलगेटमा बिना टिकट १० रुपैयाँ असुली भएको छ । 

उपमहानगरपालिकाका कर्मचारी सुदामा सिंहले वडा अध्यक्षले संकलन गरेको रकमबाट साँझपख एकमुष्ट टिकट काटेर रकम जम्मा गरिने बताउनुभयो । तर बिना रसिद संकलन गरिएको रकम बुझाउँदा अनियमितता हुने स्थानीयको दावी छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • josam chaudhary

    Aug. 22, 2018, 7:37 p.m.

    मेहनत बिनाको फल जति खाएपनि टिक्दैन , लोभी अध्यक्ष /

  •  0 Reply

तपाईको प्रतिक्रिया