रुकुम पश्चिममा एटीएम मेशिन फाेर्दै गर्दा एक जना पक्राउ

 बैशाख २१, २०७८ मंगलबार १७:६:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटीएम मेशिन तोडफोड भएको छ । मेशिन तोडफोडमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । 

बैकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगरपालिका १ का २० वर्षीय भीमबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डेकेन्द्र शर्माका अनुसार एटीएम मेशिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा बैँकका प्रबन्धकले सीसी क्यामराबाट थाहा पाएपछि प्रहरीलाई खबर गर्नुभएको थियो । खबर गरेको केही समयमा नै प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । 

प्रबन्धक केसीका अनुसार सप्पल प्रहारपछि एटीएम मेशिन बिग्रिएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया