गल्ती भएकाे हाे, माफी माग्छु : पुथा उत्तरगङ्गा गाउँपालिका ९ का वडाध्यक्ष

 बैशाख २३, २०७८ बिहिबार १८:५१:३२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – पत्रकारमाथि हातपातको प्रयास गर्ने वडाध्यक्षले माफी माग्नुभएको छ । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले पत्रकारसँग माफी माग्नुभएको हो ।

रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्धय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि मङ्गलवार आफुले गरेको अभद्र र अमर्यादित व्यवहार स्वीकार गर्नु हुँदै उहाँले माफी माग्नुभएको पत्रकार बुढाथोकीले बताउनुभयो ।

जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा बुधवार  इलाका प्रहरी कार्यालय तकसेरामा बसेको बैठकमा रोकाले माफी माग्नुभएको हो ।  रोकाले मंगलवार आफूबाट गल्ती भएको र अबदेखि यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

वडाध्यक्ष राेकाले रिपोर्टिङका क्रममा गाउँपालिकाको कार्यालय तकमा पुगेका दुई जना पत्रकारमाथि गाउँपालिकाको कार्यालयमै  मङ्गलवार दिउँसाे दुई पटक हातपातको प्रयास गर्नुभएको थियो । वडाध्यक्ष राेकाले त्यतिबेला पत्रकार मात्र नभइ अरूले मोबाइलमा भिडियो खिचिरहेको देख्दा आफूले गाली गरेको बताउनुभयो । 

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया