सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

 बैशाख २४, २०७८ शुक्रबार १८:४१:२८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आधार शिविरबाट फर्किएका दुई विदेशीसहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो । 

तामाङका अनुसार वैशाख १५ र १६ गते १/१ जना, २२ गते बुधवार दुई जना, २३ गते बिहीवार चार जना, २४ गते शुक्रवार चार जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखेर उपचार सुरु गरिएको छ । अन्य आठ जनालाई होम आइसोलेशनमा राखिएको छ ।

याेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका १२ जनासहित सोलुखुम्बुमा कुल सङ्क्रमितको सङ्ख्या २१ पुगेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका अनुसार अहिलेसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक/एक जना विदेशी नागरिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो । 

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरिएकामध्ये एक जनालाई काठमाण्डाै र एक जनालाई विराटनगर रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो ।

लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म सोलुखुम्बुमा ३० जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । तर हाइड्रोपावरले गरेको परीक्षणलाई सरकारले आधिकारिक मानेको छैन । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया