भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै

 बैशाख ३१, २०७८ शुक्रबार ७:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा केही दिन यता कोरोना भाइसका नयाँ सङ्क्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा सङ्क्रमण भएको छ । हिजो तीन लाख ६२ हजार चार सय ६ जना सङ्क्रमित भएका थिए भने अस्ति तीन लाख ४८ हजारमा सङ्क्रमण देखिएको थियो । गएको शनिबार भारतमा एकैदिन ४ लाख ९ हजार भन्दा धेरैलाई सङ्क्रमण देखिएको थियो ।

तर, त्यस यता भने सङ्क्रमितको सङ्ख्या केही घटेको छ । तर, भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेकाले यसलाई सङ्क्रमण घटेको मान्न नमिल्ने विश्लेषण गरिएको छ । यस्तै, भारतमा गएको २४ घण्टामा तीन हजार ८ सय ८८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

अहिलेसम्म भारतमा कोरोनाका कारण दुई लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या दुई करोड ४० लाख भन्दा धेरै छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया