वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

 जेठ २, २०७८ आइतबार ११:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो ।

गएको १६ गते देहरादुनबाट काठमाण्डाै आउनुएका उहाँलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भए पछि उहाँको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् ।कार्किले २०७६ मा आफ्नाे ८२ औँ जन्माेत्सवकाे उपलक्षमा एकल कविता वाचन पनि गर्नुभएकाे थियाे । 

उहाँका गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका छन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट उहाँले नेपाली चलचित्रमा प्रवेश गर्नु भएको थियो । उहाँका श्रीमती र दुई छोरा छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया