भेरोसेलको दोस्रो डोजबारे थाहा पाउनैपर्ने कुरा

 जेठ ३, २०७८ सोमबार ८:१६:५२ | डा . झलक शर्मा गाैतम
unn.prixa.net

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आइतबारदेखि लगाउन सुरु गरिएको छ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्नेछन् । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिन्छ । अहिले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी सात जिल्लामा यो खोपको दोस्रो डोज लगाउन सुरु गरिएको हो । 

खोप लिन जाँदा भिडभाड नगर्न, मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न सरकारले आग्रह गरेको छ । सरकारले जारी गरेका सबै सूचनाहरुमा दूरी कायम गर्ने, मास्क लगाउने, र भिडभाड नगरी खोप लगाउनुपर्छ भनेर स्पष्ट भनिएको छ ।  

भिडभाड गरे, मास्क नलगाए र   स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना नगरेमा  कोरोना सङ्क्रमण थप फैलन सक्छ । भिडभाडमा को संक्रमित छन् ? को छैनन् भन्ने थाहा हुँदैन ।   यस्तो अवस्थामा सङ्क्रमण भएकाबाट अरु सङ्क्रमण नभएकामा पनि कोरोना भाइरस सर्न सक्छ । त्यही भएर सरकारले भने अनुसार जनस्वास्थ्यको अनिवार्य रुपमा पालना गर्नुपर्छ ।  

यी जिल्लाहरुका स्वास्थ्य कार्यालयले खोप लगाउने समयतालिका प्रकाशित गरेका छन् । त्यही सूचना हेरेर आफ्नो पालो परेको दिन खोप लगाउन जानुपर्छ । यी बाहेकका जिल्लाहरुमा भेरोसिल खोप पठाइएको छैन । दुई लाख ९० हजार जतिलाई खोपको पहिलो मात्रा दिइएको छ ।  

पहिलो डोज लगाउँदा पाएको खोप कार्ड लिएर केन्द्रसम्म गएर खोप लगाउन सकिन्छ । कोरोना भाइरसको सङ्क्रमण भएमा खोप लगाउन जानु हुँदैन । पहिला सङ्क्रमित नभएको बेला लगाइसकेको भए पनि पालो आयो भनेर खोप लगाउन जानु हुँदैन । सङ्क्रमितले एक महिनापछि खोप लगाउनुपर्छ । एक महिना कुर्नुपर्छ ।  पछि खोप पाइँदैन कि भनेर शंका गरेर जे सुकै होस् भनेर खोप लगाउनु हुँदैन । 

६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको पहिलो  डोज खोप दिइए पनि दोस्रो डोज खोप लगाउन सकिएको छैन । अहिले खोपको अभाव छ । खोप ल्याउनका लागि सक्दो प्रयासहरु भइरहेका छन् । 
खोप ल्याउने बित्तिक्कै  पहिलो डोज ल्याएर दोस्रो डोजको पर्खाइमा रहेका र एउटा डोज पनि खोप नपाएकाहरुका लागि  लगाइन्छ ।  कसरी र कसलाई दिने भनेर पछि सूचना सार्वजनिक गरिन्छ ।  

पहिलो डोज जुन कम्पनीको खोप लगायो, दोस्रो पनि त्यही डोज खोप लगाउनुपर्छ । पहिला कोभिसिल्ड लगाएकाले दोस्रो भेरोसिल वा पहिलो भेरोसिल लगाएकोले दोस्रो कोभिसिल्ड खोप लगाउनु हुँदैन । 

(स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा . झलक शर्मा गाैतम

 गाैतम स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख हुनुहुन्छ । 

2 Comments

  • Laxman kattel

    May 20, 2021, 9:16 a.m.

    अपुरो समचार ! अहिलेको अवस्थामा धेरै ब्यक्तीहरु सन्क्रमित भएका हुन्छन, यस्तो बेलामा दोस्रो डोज किन लगाउन हुदैन, ??अर्को डोज पुन पाउने अवस्थाको ग्यारेन्टी के छ ? लगाउन नपाएका हरुको लागि निको भए पछि कहाँ सम्पर्क गरेर दोस्रो डोज लगाउने हो वा कहाँ सम्पर्क गर्ने हो सो को जानकारी बिनाको समाचारको केही अर्थ छैन ।

  •  0 Reply
  • Mohan kumar mahato

    May 18, 2021, 8:03 a.m.

    मैले बैसाख 2 गते काठमाण्डौ हुंदा vero cell को पहिलो डोज लियेक थिए।अहिले म प्रदेश न 2 मा छू तर उता दोस्रो डोज सुरु भाईसक्यो। यसको कुनै उपाय छैन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया