परदेशमा समस्यामा पर्नुभएका तपाईँको सारथि पीएनसीसी बन्न सक्छ

 जेठ ५, २०७८ बुधबार १७:५१:५० | विकास ढुंगाना
unn.prixa.net

कोरोना महामारीले विश्वलाई नै पिरोलेको अवस्था छ । एक मात्र होइन समग्र क्षेत्रलाई नै यसले प्रत्यक्ष रूपमा असर पारिरहेको अवस्थामा चाहिँ यसबाट आप्रवासी कामदारहरू पनि प्रभावित भएको अवस्था छ । उनीहरू बढी नै जोखिममा रहेको अवस्था छ ।

अघिल्लो वर्षको अवस्थाले पनि हामीले यो कुरा प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौँ । र यो दोस्रो लहर चलिरहँदा पनि आप्रवासी कामदारहरू विभिन्न किसिमको समस्यामा परिरहेको प्रत्यक्ष रूपमा जानकारी आइरहेको छ । आप्रवासी स्रोत केन्द्रहरू देशका ३९ जिल्लामा छन् । यी केन्द्रमा श्रमिकले राख्नुभएको समस्या र केन्द्रले हामीलाई पठाएको केशहरूले पनि त्यही देखाउँछ ।

एक महिनाको मात्र कुरा गर्ने हो भने पनि गएको वैशाखमा मात्र १५२ वटा केशहरू आएको छ । यो भनेको कोरोनाको दोस्रो लहर सुरु भएपछि आप्रवासी कामदारहरूले राखेका समस्याहरू नै धेरै छन् ।

अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको सन्दर्भमा विभिन्न कारणले विदेशमा ज्यान गुमाउनुभएका श्रमिकहरूको शवलाई परिवारले पर्खिरहेको अवस्था छ । शवलाई सहज रूपमा नेपाल ल्याउन सक्ने अवस्था छैन । यद्यपि केही देशहरूबाट चार्टड उडानमार्फत शवहरु आएको उदाहरण छ । तर अहिले पछिल्लो समय उडान बन्द हुँदा शव स्वदेश ल्याउन समस्या भएको परिवारको गुनासोहरू आइरहन्छ  र यो समस्या छ पनि ।

अर्को चाहिँ उडानहरू बन्द हुनुअघि नै आफ्नो श्रम अवधि सक्काएर घर फर्कनका लागि एक्जिट लिएर टिकटसमेत काटिसक्नुभएकाहरु नि समस्यामा पर्नुभएको छ । घर फर्कन पाउनुभएको छैन । उहाँहरू जोखिमपूर्ण अवस्थामा उतै रोकिनुभएको छ । उहाँहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउन पर्ने अवस्था देखिएको छ ।

उडानहरू बन्द हुनुअघि नै आफ्नो श्रम अवधि सक्काएर घर फर्कनका लागि एक्जिट लिएर टिकटसमेत काटिसक्नुभएकाहरु नि समस्यामा पर्नुभएको छ । घर फर्कन पाउनुभएको छैन । उहाँहरू जोखिमपूर्ण अवस्थामा उतै रोकिनुभएको छ ।

मलेसियाबाट कतिपय श्रमिकहरूले खान बस्न नै समस्या हुन थालेको कुराहरू पनि राख्नुभएको छ । उहाँहरूको समस्या समाधानका लागि पीएनसीसीले नेपाली दूतावास र मलेसियामा रहेका विभिन्न नेपाली समुदायहरूसँग समन्वयको काम गरिरहेको छ ।  

अर्को कुरा चाहिँ अहिले गन्तव्य देशमा कम्पनीहरू सञ्चालनमा रहेको अवस्था छ । तर विविध परिस्थितिको कारण घर फर्कन चाहने नेपालीहरूलाई पनि कम्पनीहरूले जबरजस्ती काममा लगाइरहेको पाइएको छ । 

उहाँहरू नेपाल फर्कन चाहनुहुन्छ । करार अवधि पनि सकिएको छ । तर कामदारलाई जानकारी नदिई काम लगाइरहेको अवस्था छ । कतिपय श्रमिकहरू चाहिँ जेल अवधि पूरा गरेर सबै प्रक्रिया पनि सकेर घर फर्कनका लागि घर फिर्ती केन्द्रमा हुनुहुन्छ  । उहाँहरू पनि समयमा घर फर्कन नपाउँदा लामो समयसम्म त्यहाँ पर्नुपर्ने अवस्था देखिएको छ । 

समस्या समाधानका लागि पहलको कुरा गर्दा नेपालमा उडान बन्द भएपछि पनि केही समयसम्म अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन भइरहेको थियो । यो बीचमा कतिपय नेपालीहरू स्वदेश त आइपुग्नुभयो तर काठमाण्डौ उपत्यकामा निषेधाज्ञा भएका कारण उहाँहरू घरसम्म पुग्न समस्या भयो ।

नेपाल आइपुग्नुभएका श्रमिकलाईजस्तै पीएनसीसीले गन्तव्य देशमा पनि समस्यामा परेकाहरूलाई सहयोग  गरिरहेको छ ।

जोखिमपूर्ण अवस्थामा खालि हात फर्कनुभएका नेपालीहरू जहाजमार्फत आफ्नो घरसम्म पुग्ने अवस्था थिएन ।

यो अवस्थामा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले यसरी फर्कनुभएका श्रमिकलाई विमानस्थलबाट पिकअप गरेर पूर्ण रूपमा स्वास्थ्यका मापदण्ड पालना गराई आवास गृहमा राखी वैकल्पिक यातायातको व्यवस्थाका लागि सम्बन्धित अधिकारीसँग समन्वय गरेर घरसम्म पुर्याएको अवस्था पनि छ । 

र अहिले पनि अर्को विकल्प नभएकाले स्वास्थ्यका मापदण्डहरु पालना गराई दुई जना श्रमिकलाई हामीले आवास गृहमा राखिरहेका छौँ । 

गन्तव्य देशमा सहयोग

नेपाल आइपुग्नुभएका श्रमिकलाईजस्तै पीएनसीसीले गन्तव्य देशमा पनि समस्यामा परेकाहरूलाई सहयोग  गरिरहेको छ ।

खास गरी मलेसियाको हकमा श्रम अवधि सकेर चेक आउट मेमोसमेत लिइसक्नुभएकाहरु स्वदेश फर्कने विकल्प नहुँदा पीएनसीसीका बाह्य सम्पर्क अधिकृत र स्वयंसेवक साथीहरू परिचालन गरेर त्यहाँ रहेको नेपाली दूतावास, मलेसियामा रहेका विभिन्न नेपाली समुदायहरू लगायतसँग समन्वय गरेर खाद्यान्नका लागि सहयोग गरिरहेको अवस्था छ । उहाँको कुरा दूतावाससम्म पुर्याउनका लागि एउटा पुलको रूपमा पनि काम गरिरहेका छौँ ।

समस्या अनुसार हामीले गन्तव्य देशमा रहेका हाम्रो बाह्य सम्पर्क अधिकृत र स्वयंसेवक साथीहरूको सहयोगमा दूतावास र अन्य सम्बन्धित निकायहरूसँग समस्या समाधानका लागि पहल गरिरहेको अवस्था छ । 

अर्को कुरा भनेको यो महामारीको अवस्थामा आफ्नो समस्याहरू राख्ने माध्यमको पनि एकदमै आवश्यकता रहन्छ । यो अवस्थामा पीएनसीसीले कार्यालयमा भौतिक रूपमा उपस्थित भएर सेवा दिन नसके पनि देश गत रूपमा केश हेर्ने साथीहरूको मोबाइलमा हाम्रो ल्याण्ड लाइन नम्बरहरू फरवार्ड गरेका छौँ ।

३९ जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रबाट पनि हाम्रो सम्बन्धित केश हेर्ने साथीहरूलाई जानकारी आइरहेको छ । ती समस्या अनुसार हामीले गन्तव्य देशमा रहेका हाम्रो बाह्य सम्पर्क अधिकृत र स्वयंसेवक साथीहरूको सहयोगमा दूतावास र अन्य सम्बन्धित निकायहरूसँग समस्या समाधानका लागि पहल गरिरहेको अवस्था छ । 

कसरी सम्पर्क गर्ने 

विपतका बेलामा आफ्नो देशभित्र त अनेक समस्याहरू हुन्छन् भने परदेशमा नहुने भन्ने पक्कै पनि हुँदैन । त्यस कारण यदि तपाईँलाई यो समयमा समस्या परेको छ भने सबैभन्दा पहिला आफ्नो समस्या परिवारसँग राख्नुहोस् ।

३९ जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रमा तपाईँको परिवारले समस्या राख्नुभयो भने तपाईँको समस्या पीएनसीसीसम्म आइपुग्छ र तपाईँको समस्या हामी बाह्य सम्पर्क अधिकृतका साथै सम्बन्धित निकाय दूतावास लगायतसँग समन्वय गरी समाधानका लागि पहल गर्नेछौँ । त्यस्तै यूएई, कतार, मलेसिया जस्ता ठाउँमा पीएनसीसीकै प्रतिनिधिहरू हुनुहुन्छ ।

फेरि पनि जो जहाँ हुनुहुन्छ सबैलाई सुरक्षित भएर बस्नुहुन म अनुरोध गर्छु । आफू रहेको देशले लागू गरेका स्वास्थ्यका मापदण्डहरू पालना गर्नुहोस् ।

तपाईँले उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ । यदि उहाँहरूलाई सिधै सम्पर्क गर्न सम्भव भएन भने पनि पीएनसीसीकै कार्यालयमा आफ्नो समस्या टिपाउन सक्नुहुन्छ हामी नै सम्बन्धित देशमा रहेका प्रतिनिधि समक्ष राख्नेछौँ । पीएनसीसीको फेसबुक पेजमा गएर पनि तपाईँले आफूलाई परेको समस्या राख्न सक्नुहुन्छ ।

हाम्रो सम्बन्धित अधिकारीले तपाईँलाई सम्पर्क गर्नेछन् । अर्को महत्त्वपूर्ण कुरा भनेको हामीले त समन्वयको काम गर्ने हो । तपाईँको समस्या समाधानका लागि गन्तव्य देशमा रहेको जिम्मेवार निकाय भनेको दूतावास नै हो । त्यस कारण तपाईँले आफू रहेको  देशमा भएको नेपाली दूतावासमा फोनमार्फत पनि आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ ।

यो बेला सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जीवनको रक्षा नै हो  । यहाँहरु सबै जना सुरक्षित भएर बसिराख्नुभएको छ । फेरि पनि जो जहाँ हुनुहुन्छ सबैलाई सुरक्षित भएर बस्नुहुन म अनुरोध गर्छु । आफू रहेको देशले लागू गरेका स्वास्थ्यका मापदण्डहरू पालना गर्नुहोस् ।

यो एउटा जिम्मेवार नागरिकको कर्तव्य र दायित्व पनि हो । आफू रहेको देश अनुसारका कानुन  र नियम त पालना गर्नुपर्छ । सुरक्षित हुँदै तपाईँले आफ्नो समस्या दूतावासमा राख्नुपर्छ । गन्तव्य देशमा तपाईँसँग नजिक भएर काम गर्ने निकाय पनि दूतावास नै हो ।

दूतावासले आफ्नो क्षमताले भ्याएसम्म तपाईँहरूका लागि काम गरिरहेकै पनि छ । अर्को कुरा भनेको यो महामारी हो । सधैँ रहन्छ भन्ने होइन । तर जबसम्म यो समस्या रहन्छ तबसम्म हामी सबैले एक अर्कालाई सहयोग गर्दै नै यसको सामना गर्नुपर्छ । 

यदि तपाईँ समस्यामा हुनुहुन्न तर तपाईँको नजिकको साथी कोही हुनुहुन्छ भने यो समयमा तपाईँको तर्फबाट हुनसक्ने सहयोग गर्नुहोस् भन्न चाहन्छु र गरिरहनु पनि भएको छ । उहाँहरूले त हालसालै एउटा उदाहरण नै प्रस्तुत गर्नुभएको छ ।

खाडीमा कार्यरत आप्रवासीहरूले आफूले कमाएको पैसाबाट यो आपतको बेला आफ्नो देशलाई अक्सिजन सिलिन्डर नै पठाउनुभएको छ । त्यत्रो परदेशबाट आफ्नो देश, आफ्नो देशका नागरिक र परिवारलाई माया गरेर अक्सिजन पठाउन सक्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुले पक्कै पनि त्यही समस्यामा पर्नुभएकाहरुलाई सहयोग त गर्नुहुन्छ नै ।

९८५११७४९९९ नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ । यसमा २४ घण्टा नै फोन उठ्छ र तपाईँले राख्नुभएका समस्याहरू हाम्रो क्षमताले भ्याएसम्म समाधानका लागि पीएनसीसी कटिबद्ध छ ।

पीएनसीसीको वेबसाइट छ । फेसबुक पेज छ । तपाईँहरूकै सहयोगका लागि विभिन्न नम्बरहरू छन् । तपाईँहरू आफ्नो समस्या हामीलाई भन्नुहोस् । हाम्रो क्षमता अनुसार तपाईँहरूको समस्या समाधानका लागि समन्वय र सहजीकरणको काम गर्नेछौँ ।

साथै गन्तव्य देशहरुमा गैरआवासीय नेपाली संघका साथै विभिन्न नेपाली समुदायहरू छन् त्यहाँ तपाईँले आफ्नो समस्या राख्नुभयो भने पक्कै पनि तपाईँले सहयोग पाउनुहुनेछ भन्ने मेरो विश्वास छ ।

यदि यी ठाउँहरूमा तपाईँहरूको पहुँच पुग्न सकेको छैन भने हाम्रो हटलाइन नम्बर छ । ९८५११७४९९९ नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ । यसमा २४ घण्टा नै फोन उठ्छ र तपाईँले राख्नुभएका समस्याहरू हाम्रो क्षमताले भ्याएसम्म समाधानका लागि पीएनसीसी कटिबद्ध छ ।

(ढुङ्गानासँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास ढुंगाना

ढुंगाना, प्रवासी नेपाली समन्वय समितिका कार्यक्रम संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया