भारत : कोरोना सङ्क्रमितमा ‘पहेँलो ढुसी’को सङ्क्रमण पनि देखियो

 जेठ ११, २०७८ मंगलबार ९:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा पहेँलो ढुसी (एल्लो फङ्गस) को सङ्क्रमण पनि देखिएको छ । यसअघि कालो ढुसी र सेतो ढुसीको समस्या भारतका धेरै राज्यमा देखिएकोमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको नाक कान घाँटी विशेषज्ञ वीपी त्यागीले पुष्टि गर्नुभएको समाचारसंस्था एएनआइले जनाएको छ ।

४५ वर्षमा पुरुषमा पहेँलो ढुसीको समस्या देखिएको हो । पहेँलो ढुसीको सङ्क्रमण भएका व्यक्तिमा निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउने जस्ता लक्षण देखिएको विशेषज्ञ त्यागीले बताउनुभयो । यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रीयहरूले काम गर्न नसक्ने जस्ता समस्या हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पहेँलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्त्वपूर्ण छ । समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निदानमा धेरै कठिनाइ देखिएको छ ।’  कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा दुई महिनापछि पनि विभिन्न किसिमका ढुसीको सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया