रुकुम पूर्व : टाेलटाेलमा पुगेर काेराेना राेकथाम अभियान चलाउँदै शिक्षक

 जेठ १२, २०७८ बुधबार २०:२८:५५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – कोरोना भाइरस सङ्क्रमणकाे महामारीबाट विद्यार्थी र अभिभावकलाई सुरक्षित राख्न रुकुम पूर्वका शिक्षक एक भएर लागिपरेका छन् । 

जिल्लाभरका सबै शिक्षक एक दिन बराबरको तलब तथा भत्ता सङ्कलन गरेर आवश्यक स्वास्थ्य सामग्री खरिद गरी फिल्डमा नै खटिएको शिक्षक महासङ्घ रुकुम पूर्वका अध्यक्ष कलु खड्काले बताउनुभयो । जेठ २ गते नै निर्णय गरेर आ–आफ्नो क्षेत्रमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गर्दै जनचेतना फैलाउने काम गरिरहेको अध्यक्ष खड्काले जनाउनुभयो । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि शिक्षक महासङ्घले निर्णय गरेरै सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले कोरोना कहरको जटिलता, बच्ने उपायलगायत सचेतनाका कुरासहित आ–आफ्नो विद्यालयका अभिभावक र विद्यार्थीलाई फोन तथा एसएमएस गर्ने कार्य निरन्तर भइरहेको समेत अध्यक्ष खड्काले बताउनुभयाे ।  

महासङ्घले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि रेडियोमार्फत सूचना जारी गरिरहेको छ भने जिल्लाका विभिन्न ठाउँमा जनचेतनामूलक सन्देश, पर्चा, पम्पलेट तथा आवश्यक सामग्रीसहित शिक्षक परिचालित छन् ।  

समाजको आशा र भरोसाको केन्द्र मानिने शिक्षकबाट जिल्लामा नव–प्रवर्द्धनात्मक काम भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । उहाँले सबै शिक्षक सङ्गठन एक भइ जिल्लामा कोरोना राेकथाम तथा नियन्त्रण अभियान सशक्त पारेको बताउनुभयाे । 

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर टोलटोलमा पुगेका शिक्षककाे प्रशंसा भइरहेकाे छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया