कोरोना सङ्क्रमितलाई उपचार गर्न दाङको तुलसीपुरमा घुम्ती शिविर

 जेठ १४, २०७८ शुक्रबार ९:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि दाङको तुलसीपुरमा घुम्ती शिविर सुरु भएको छ । डाक्टर राजीव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।

घुम्ती शिविरमा खटिएका स्वास्थ्यकर्मीले मनोपरामर्श पनि दिने छन् । स्वास्थ्यकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीव झाले गाउँ बस्तीमा कोरोना पीडित व्यक्तिले पीसीआर जाँच नगराउने र सङ्क्रमण लुकाएर राख्दा झनै सङ्क्रमणको भयावह स्थिति आएको पाइएको बताउनुभयो ।

उहाँले लक्षण देखिएका र आशङ्का  भएकाहरुलाई पीसीआर जाँच गर्ने परामर्श दिने गरेको बताउनुभयो । घुम्ती शिविरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया