घरबाटै १५ दिनअघि अपहरणमा परेकी कारीदेवीको शव भेटियो

 भदौ ९, २०७५ शनिबार १६:५५:२१ | आशिष विश्वकर्मा

सिरहा – घरबाटै १५ दिनअघि अपहरणमा परेकी कारीदेवीको शव शनिबार बिहान भेटिएको छ ।

गोलबजार नगरपालिका–१०, चोहर्वा घरबाट अपहरणमा परेकी ५५ वर्षीया कारीदेवी यादवको शव १५ दिनपछि शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । उनको शव नरहा गाउँपालिका–१, गौराहका रामदेव यादवको बाँसबारीमा गाडेको अवस्थामा फेला पारेका हो । कारीदेवी गएको साउन २५ गते बेलुका घरबाटै अपहरणमा परेकी थिइन ।

प्रहरीले खोजीमा चाँसो नदेखाएपछि गाउँलेहरु सम्भावित ठाउँहरुको खोजी गर्दै शनिबार बिहान गौरहा पुगेको खोजीमा संलग्न स्थानीय ज्ञानकुमार सिंहले बताउनुभयो । सिंहले खोजी गर्दै जाँदा गौराहाका स्थानीयले कारीदवी हराएकै राति बाँसबारीमा दुई मोटरसाइकल र चारपाँच जनालाई देखेको जानकारी दिएपछि आफूहरु बाँस बारीमा खोजतलास गर्न पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई स्थानीयले त्यो सूचना दिएपछि बाँसबारी पुग्दा त्यहाँ एउटा बोरा र बाँसका झिक्राहरुले छोपिएको आलो माटो देखेपछि कोदालोले खन्दा मासिनसको खुट्टा भेटिएको हो ।’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन श्रेष्ठले शव कारीदेवीको भएको पहिचान भइसकेको र उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जानकारी दिनुभएको छ । 

प्रहरीले खाजी कार्यमा तत्परता नदेखाएको र शव फेला परेपछि पनि ढिला गरी पुगेको भन्दै स्थानीयले पूर्वपश्चिम लोकमार्गको चोहर्वामा शनिबार दिउँसो २ घण्टा सडक जाम गरेका थिए । करीदेवी र उनका जेठाजु रामदेव यादवबीच अंशसम्बन्धी मुद्दाको कारण हत्या भएको स्थानीय गाउँलेको आरोप रहेको छ । कारीदेवीले पुख्र्यौली सम्पत्तिको रुपमा ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये १० कठ्ठा आठ धुर जग्गा पाएकी थिइन् ।

तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दाबीसहित उनले २०७४ भदौ ५ मा सिरहा जिल्ला अदालतमा अंश मुद्दा हालेकी थिइन् । त्यस मुद्दा फैसला हुनु अगावै भतिजो लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक–पटक कुटपिट गर्ने र धम्क्याउने गरेको स्थानीयको भनाई छ । 

लक्ष्मणले गर्ने व्यवहार र कारीदेवी अपहरण परेको बेलुका लक्ष्मण घरमा नहुनुले कारीदेवी हत्यामा भतिजो लक्ष्मण संलग्न भएको स्थानीयले आशंका गरेको छ । प्रहरीले रामदेव र लक्ष्मणलाई गएको मंगलबार नै नियन्त्रणमा लिएको छ । शव भेटिएको ठाउँ लक्ष्मणका मामाको जग्गा रहेको स्थानीयको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Madhav khanal

    Aug. 25, 2018, 7:42 p.m.

    दोषीलाई कारवाही हुनैपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया