धादिङका जिल्ला न्यायाधीश पौडेलको कोरोना सङ्क्रमणबाट निधन

 जेठ २१, २०७८ शुक्रबार १०:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

५५ वर्षका पौडेलको उपचारका क्रममा आज बिहान काठमाण्डौको स्टार अस्पतालमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले २० दिनदेखि कोरोना सङ्क्रमण भएर उपचार गराइरहनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया