जम्मू-कश्मीरमा १२४ वर्षीया वृद्धालाई कोरोना विरुद्धको खोप, स्वास्थ्य अवस्था राम्रो

 जेठ २२, २०७८ शनिबार ६:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ ।  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले पनि खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू-कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले ट्वीट गर्दै बारामूलाकी १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएको बताउनु भएको छ । सिह्नाले अहिलेसम्म खोप लगाएकाहरुमा उहाँ नै सबैभन्दा बढी उमेरको भएको पनि बताउनु भएको छ ।

१२४ वर्षकी वृद्धालाई खोप लगाएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घर गएका थिए । स्वास्थ्यकर्मीले उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया