कुन जिल्लामा कहिलेसम्म थपियो निषेधाज्ञा ?

 जेठ २३, २०७८ आइतबार ८:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना रोकथाम र नियन्त्रणको लागि भन्दै काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि थपिएको छ । निषेधाज्ञाकै कारण सङ्क्रमणदर कम हुँदै गएको र अझै केही दिन निषेधाज्ञा आवश्यक भएको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले अवधि थपेका हुन् । धेरै जिल्लाहरुमा जेठ मसान्तसम्मको लागि निषेधाज्ञा थपिएको छ ।

जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएका जिल्लाहरुमा काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, कञ्चनपुर, बाग्लुङ, बर्दिया, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, प्यूठान, काभ्रेपलाञ्चोक, बाजुरा, पर्वत, मकवानपुर छन् ।

यस्तै कालीकोट, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, रोल्पा, तनहुँ, सिरहा, पश्चिम नवलपरासी, इलाम, दोलखा, सिन्धुपाल्चोक, अछाम, धादिङ, जुम्ला, रसुवा, लमजुङ, मुस्ताङ र तेह्रथुममा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । अरु जिल्लाहरुले पनि निषेधाज्ञाको अवधि थप्दै लगेका छन् ।

मनाङ र खोटाङबाहेक अरु ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । ताप्लेजुङ, सप्तरी र मुस्ताङमा चाहिँ निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश नै जारी गरेर सरकारले कैद र जरिवाना हुनेसम्मका व्यवस्था गरेको छ । हिमाली र पहाडी जिल्लामा सक्रिय सङ्क्रमित २ सय र उपत्यका तथा तराई मधेशमा ५ सय पुगेमा अत्यावश्यक बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा लगाउने सरकारको नीति छ ।

हेर्नुहाेस् निषेधाज्ञा थप गरिएका जिल्लाकाे सूची :

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया