एनआरएनएले पठाएका चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्याे

 जेठ २३, २०७८ आइतबार ९:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पठाएका थप चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेका छन् ।

'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत थप ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर काठमाण्डौ पुगेकाे एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ । गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्को समन्वयमा कन्सन्ट्रेटर काठमाण्डौ पठाइएको पन्तले बताउनुभयो ।

बेलायतबाट एक सय ५० थान, अष्ट्रेलियाबाट एक सय थान, क्यानडाबाट ७५ थान, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटलीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको एनआरएनएले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया