काठमाण्डौको गोकर्णेश्वर नगरपालिकामा कोरोनाविरुद्धको खोप भोलिदेखि वितरण गरिने

 जेठ २४, २०७८ सोमबार ८:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने दिन र ठाउँ तोकेको छ । ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई भोलिदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने नगरपालिकाले  जनाएको छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गोकर्णको सहयोगी माविमा र चामुण्डा मावि नारायणटारमा रहेको खोप केन्द्रबाट खोप दिइने बताउनु भएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । चीनले कोरोनाविरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो।

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया