६० देखि ६४ वर्षका नागरिकलाई आजदेखि कोरोना विरुद्धको खोप

 जेठ २५, २०७८ मंगलबार ७:२०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आजदेखि देशभर चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप भेरोसेल लगाउन सुरु गर्दैछ ।

काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।

खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।

हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक-पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो । डाक्टर गौतमले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गर्नुभयो ।

पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया