भेरी नदीमा डुबेर बहिनीकाे ज्यान गयाे, दिदी बेपत्ता

 जेठ २५, २०७८ मंगलबार १८:३१:१४ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – रुकुम पश्चिमकी एक बालिकाको भेरी नदीमा डुबेर ज्यान गएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ का अम्मर डाँगीकी ११ वर्षीया छोरी गीता डाँगीको नदीमा डुबेर ज्यान गएको हो ।

जाजरकोटको भेरी नगरपालिका १ रावत गाउँमा आफन्त भेट्न गएकी गीताकी दिदी दीपा नदीमा बगेर बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । रामबहादुर डाँगी घाइते हुनुभएकाे छ ।   

रामबहादुरलाई नदीले बगाउँदै गर्दा स्थानीयवासीले उद्धार गरेका हुन् । आफन्त भेट्न गएका उनीहरू गर्मी छल्न नदीमा पौडी खेल्दा बगाएको हो ।    

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया