लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा विपक्षी सांसद अनुपस्थित

 जेठ २५, २०७८ मंगलबार १८:५८:२७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम विपक्षी दलले साङ्केतिक रूपमा बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिरहनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका प्रमुख सचेतक र केही सांसद मात्रै प्रदेश सभाको बैठकमा उपस्थित छन् ।

संविधानको धारा १६८ को १ अनुसार अल्पमतमा रहनुभएका शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा असन्तुष्ट बनेका विपक्षी दलहरूले नीति तथा कार्यक्रम साङ्केतिक रूपमा बहिष्कार गरेको नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरबहादुर रानाले बताउनु भयो ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलसहित सत्तापक्षका अधिकांश प्रदेश सभा सदस्य उपस्थित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया