बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

 जेठ २७, २०७८ बिहिबार ६:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ ।  

प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ ।  बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड साेसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्क्रमण दर गएकाे फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो । गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ ।

बेलायतमा ६ करोड ९२ लाख ५१ हजारभन्दा बढी डोज खोप वितरण भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया