आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, सतर्कता अपनाउन आग्रह

 जेठ २९, २०७८ शनिबार ६:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने मौसमविद्ले बताएका छन् ।

यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान छ । अहिले पूर्वका एक/दुई ठाउँमा पानी परिरहेको छ । आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बद्लीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

पूर्वी र मध्य क्षेत्रमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया