बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो

 असार १, २०७८ मंगलबार १३:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ ।  उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ ।  यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको दोश्रो डोजको खोप उपलब्ध गराइने पनि बताउनु भएको छ ।

बेलायतमा अहिलेसम्म ४५ लाख ७३ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया