कोरोना सङ्क्रमणको दोस्रो लहरमा भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाए

 असार ३, २०७८ बिहिबार ६:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका छन् । भारतको मेडिकल एसोसिएशनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका हुन् ।

सबैभन्दा धेरै बिहारमा १ सय १५ डाक्टरको ज्यान गएको छ भने दिल्लीमा १ सय ९ डाक्टरले ज्यान गुमाएका छन् । यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्र प्रदेशमा ३८ जना डाक्टरले ज्यान गुमाएका मेडिकल एसाेसिएशनले जनाएको छ । 

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण पनि कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १ सय ४ सङ्क्रमित थपिएका छन् । १ लाख ३ हजारभन्दा धेरै व्यक्ति निको भएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार ४ सय सङ्क्रमितको ज्यान गएको छ । भारतमा सङ्क्रमित र ज्यान गुमाउनेको दर घटेको छ । 

अहिलेसम्म भारतमा २ करोड ९६ लाख ९९ हजार व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ भने २ करोड ८५ लाख व्यक्तिले कोरोनालाई जितेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया