साेलुखुम्बुका गाउँमा चहलपहल बढ्याे

 असार ६, २०७८ आइतबार १६:२०:४८ | सुवास दर्नाल
unn.prixa.net

महाकुलुङ गाउँपालिका

सोलुखुम्बु – कोरोना भाइरसको सङ्क्रमणका कारण सहर, बजार छाेड्नेकाे सङ्ख्या बढेसँगै सोलुखुम्बुका गाउँमा चहलपहल बढेको छ । रोजगार र अध्ययनका लागि गाउँ–घर छोडेर सहर, बजार गएकाहरू काेराेना कहरका कारण फेरि गाउँ फर्कन थालेका हुन् । 

यसअघि सुनसान देखिएको सोताङ क्षेत्रका गाउँमा चहलपहल बाक्लो भएको विक्रम दर्नालले बताउनुभयो । तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरू समेत गाउँमा भेटिन थालेका महाकुलुङ गाउँपालिका ५ का वडाध्यक्ष सञ्चराम कुलुङले बताउनुभयो । गाउँभन्दा बाहिर अध्ययन तथा रोजगारका लागि गएका युवा फेरि गाउँ फर्किएर कृषि कर्ममा सक्रिय भएका वडाध्यक्ष कुलुङको भनाइ छ ।

युवा जनशक्ति गाउँ फर्किएसँगै बाँझाे खेतबारीमा अन्नबाली लगाउन सकिने बूढापाकाहरूको विश्वास छ । कोराेनाका कारण विश्वमा आर्थिक क्षेत्रमा ठूलो सङ्कट आउने आँकलन गरिएका बेला गाउँ फर्किएका युवाले कृषि र अन्य सम्भावनालाई समात्न सके यसको प्रभाव सकारात्मक हुने लिखु पिके गाउँपालिकाका शिवबहादुर बस्नेतले बताउनुभयो ।

खाना पकाउन दाउरा, भान्छामा मकैको च्याख्ला, गाउँमै फलेका तरकारी पाक्ने भएकाले मुख्य बजारमा जस्तो समस्या गाउँमा नहुने हुँदा पनि मानिसहरू गाउँ फर्किएका थुलुङ दुधकोशी गाउँपालिका ६ का राजेश विश्वकर्माले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया