भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोनाकाे तेस्रो लहर आउन सक्ने चेतावनी

 असार ९, २०७८ बुधबार ६:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेसम्म नेपाल, भारत, अमेरिका, बेलायत, पोर्चुगलसहित डेल्टाको नयाँ म्युटेन्ट विश्वका १० देशमा भेटिएको छ । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ । भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको विज्ञले बताउँदै आएका छन् ।

स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने महाअभियान सुरु भएको छ

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया