बारामा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 असार ९, २०७८ बुधबार २०:६:१ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा बुधवार बेलुका ६ बजेकाे समयमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे । 

त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया