दलितलाई विभेद गर्ने मूलपूजारीले माफी मागे

 असार १०, २०७८ बिहिबार २०:१९:३३ | अमर सुनार
unn.prixa.net

दैलेख – चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ लयाटीमा रहेकाे बिन्द्रासैनी भगवती मन्दिरमा दलितलाई विभेद गरेका मूलपूजारीले सार्वजनिक रूपमा माफी मागेका छन् ।

वैदिक परम्पराअनुसार मष्टाे पूर्णिमाकाे दिन हुने पूजामा कामी जातिका तिरुवाहरूकाे बाेका बली चढाउँदा टीका लगाउन नमानेकाे विषयमा दलित अगुवाले विराेध गरेपछि मूलपूजारी हाेता उपाध्यायले माफी मागेका हुन् ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ का ३८ वर्षीय भरम विकलाई टीका लगाउन नमान्दा दलित अगुवाहरूले विराेध जनाएपछि मूलपूजारी उपाध्यायले माफी मागेकाे स्थानीय दानबहादुर सुनारले बताउनुभयाे ।

विवादले राेकिएकाे पूजा कार्यक्रम मूलपूजारीले माफी मागेपछि दिउँसो ३ बजेदेखि सुरु भएको थियाे ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • rajan bhandari

    June 27, 2021, 10:13 p.m.

    खबर त जातीय असमानताको बारेमा रहेछ , साँचै अब फेरि यस्तो नदोहोरियोस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया